FAQs Complain Problems

सल्यान लुहाम स्थित त्रिवेणीधाम

Read More

सल्यानकाे सांस्कृतिक साेरठी नाच

Read More

त्रिवेणी वडा ४ बाट देखिने रमणीय सूर्यास्त दृष्य

Read More

वडा ४ बाट देखिने लुहाम बजार

Read More

संक्षिप्त परिचय

त्रिवेणी गाउँपालिका ६ नं. प्रदेश अन्तर्गत सल्यान जिल्लाका साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी ४ ओटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगम स्थल भएकालेनै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ११९.११ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ । त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८ं १४ं देखि २८ं २०ं उत्तरी आक्षांश र ८२ं ०८ं देखि ८२ं २०ं पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ ।

सल्यान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये त्रिवेणी गाउँपालिका विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका हुनुका साथसाथै यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासी यो गाउँपालिकाका दरिलो अनि दीगो विकासका श्रोत हुन् । २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १६,६२४ रहेको छ जस मध्ये महिलाको जनसंख्या ८,८९८ (५३.५३ प्रतिशत) र पुरुषको जनसंख्या ७,७२६ (४६.४७ प्रतिशत) रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी क्षेत्री जाति ९,०९३ जना (५४.७२%), दोस्रोमा मगर ४,४३५ (२६.६८%) र तेस्रोमा कामी १,२९६ (७.८०%) हरुको बसोबास रहेको छ ।

Pages

जन प्रतिनिधि

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. बालबालिकाकाे बाबु र अामा काे नागरिकताकाे प्रमाण पत्र वा साे काे प्रतिलिपी । ३. अस्पतालमा जन्म भएकाे भए अस्पतालकाे जन्म प्रमाणित प्रतिलिपी र अन्य जिल्ला वा गाउँपालिका वा नगरपालिका बाट बसाइ सरी अाएकाे हकमा बसाइ सराइ प्रमाण पत्र । ४. विवाह दर्ताकाे प्रमाण पत्र काे प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. मृतककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. निवेदककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ४. अस्पतालमा मृत्यु भएकाे भए अस्पतालकाे मृत्यु प्रमाण पत्र प्रतिलिपी । ५. अविहाहीत मृतककाे हकमा स्थानीय सर्जमिन पत्र । ६. सुचककाे नागरिकता नभए स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. अन्य जिल्ला, नगरपालिका तथा गाउँपालिका बाट बसाई सराई गरी अाएकाे भए बसाई सराई काे सक्कल प्रमाण पत्र । ४. घरमुलीकाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. दुलाह र दुलही दुवैकाे नागरिकताकाे प्रतिलिपी, दुलहीले नागरिकता नलिएकाे हकमा निजकाे बुवा वा दाजुभाई काे प्रमाणपत्रकाे प्रतिलिपी । ३. दुलाह र दुलही अनिवार्य उपस्थिती हुनुपर्ने । ४. अन्य जिल्ला वा स्थानिय तहबाट बसाई सरी अाएकाे हकमा बसाई सराई दर्ता प्रमाणपत्रकाे प्रतिलिपी । ५. दुलाह र दुलही दुवैकाे पासपाेर्ट साइजकाे रङ्गिन फाेटाे १/१ प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. पति/पत्नीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. अदालत बाट सम्वन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी । ४. पतिकाे ठेगाना सम्वन्धित वडाकाे हुनुपर्ने ।

सेवा प्रकारः-
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

१. व्यवसाय दर्ताकाे लागी विस्तृत विवरण खुलेकाे निवेदन १ थान २. निवेदककाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. भाडाकाे जग्गामा भएमा भाडा सम्झाेताकाे प्रतिलिपी ४. अाफ्नै जग्गामा भएमा जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ६. चालु अा.व. सम्मकाे मालपाेत कर र घर जग्गा कर वा एकीकृत सम्पती कर तिरेकाे रसिद ७. निवेदककाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति ।

जानकारी