FAQs Complain Problems

संक्षिप्त परिचय

त्रिवेणी गाउँपालिका ६ नं. प्रदेश अन्तर्गत सल्यान जिल्लाका साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी ४ ओटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगम स्थल भएकालेनै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ११९.११ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ । त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८ं १४ं देखि २८ं २०ं उत्तरी आक्षांश र ८२ं ०८ं देखि ८२ं २०ं पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ ।

सल्यान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये त्रिवेणी गाउँपालिका विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका हुनुका साथसाथै यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासी यो गाउँपालिकाका दरिलो अनि दीगो विकासका श्रोत हुन् । २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १६,६२४ रहेको छ जस मध्ये महिलाको जनसंख्या ८,८९८ (५३.५३ प्रतिशत) र पुरुषको जनसंख्या ७,७२६ (४६.४७ प्रतिशत) रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी क्षेत्री जाति ९,०९३ जना (५४.७२%), दोस्रोमा मगर ४,४३५ (२६.६८%) र तेस्रोमा कामी १,२९६ (७.८०%) हरुको बसोबास रहेको छ ।

औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायकाउद्योग साथै वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम क्रमश बढिरहेको छ । यस गाउँपालिका आधारभूतदेखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु रहेका छन् भने उच्च शिक्षा विकासको पहल भैरहेको छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ६ वटा माध्यामिक तहका विद्यालय र २९ वटा आधारभूत तहका विद्यालय गरी जम्मा ३५ वटा शिक्षण संस्थाहरु संचालित छन् ।

विगत लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । तथापी विगत १ वर्ष पहिले भएको स्थानीय तहको निर्वाचन पश्चात  जनप्रतिनिधिहरुके वहाली भए सगंै विकास तथा सेवा प्रवाहमा जन अपेक्षा हरु सम्वोधन हुने र न.नागरीकका माग र आवस्यकताहरुका  तत्काल सम्वोधन  हुने सम्भावना वढेर गएको छ भने जनताका आशाका किरणहरु फैँलीदै गएका छन ।   विकासरको लहर वढेर गएको छ । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस गाउँपालिकामा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होली, गौरा, कृष्णजन्माष्टमी, महाशिवरात्री, साउने र माघे संक्रान्ति, चैते दशै, बकरइद, बुद्धजयन्ती आदि यहाँका चाडपर्व आफ्नो धर्मअनुसार मनाउने गरेको पाईन्छ ।