FAQs Complain Problems

सल्यान लुहाम स्थित त्रिवेणीधाम

Read More

सल्यानकाे सांस्कृतिक साेरठी नाच

Read More

त्रिवेणी वडा ४ बाट देखिने रमणीय सूर्यास्त दृष्य

Read More

वडा ४ बाट देखिने लुहाम बजार

Read More

वडा नंं. ६ स्थित शिवालय मन्दिर

Read More

वडा नं. ५ स्थित शिव पार्वति मन्दिरको करूवा

Read More

खेतियोग्य जमिनको तस्विर

Read More

वडा नंं. ४ स्थित ऐतिहासिक रतननाथ मन्दिर

Read More

संक्षिप्त परिचय

त्रिवेणी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका काभ्रा, काँरागिठी, फलाबाब र त्रिवेणी गरी ४ ओटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगम स्थल भएकालेनै यस नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ११९.११ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाब जिल्ला पर्दछ । त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८० १४ ं देखि २८० २०ं उत्तरी आक्षांश र ८२० ०८ं देखि ८२० २०ं पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ । सल्यान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये त्रिवेणी गाउँपालिका विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका हुनुका साथसाथै यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासी यो गाउँपालिकाका दरिलो अनि दीगो विकासका श्रोत हुन् । २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १६६६४ रहेको छ जस मध्ये महिलाको जनसंख्या ८७४६ (५२.५५) र पुरुषको जनसंख्या ७९१८ (४७.५५) रहेको छ । लैङ्गिक अनुपात ९०.५३ पुरुष प्रतिसय महिलामा रहेको तथ्यले देखाउछ । त्रिवेणी गाउँपालिकाको कुल जनघन्त्व १४० जना प्रति वर्ग किलोमिटर रहेको छ । जम्मा ४११० परिवार संख्या रहेको यस त्रिवेणी गाउँपालिकाको कुल साक्षरता दर ७६.९ प्रतिशत रहेको छ । जसमध्ये पुरुष साक्षरता दर (८३.९) प्रतिशत र महिला साक्षरता दर (७०.७) प्रतिशत रहेको छ । वडागत रुपमा हेर्दा वडा नं. १ मा कुल जनसंख्या ३५८४ रहेकोमा पुरुषको जनसंख्या १७०८ र महिलाको जनसंख्या १८७६ रहेको छ त्यसैगरी वडा नं. २ मा जम्मा जनसंख्या २५३६ रहेकोमा पुरुषको जनसंख्या १२३६ र महिलाको जनसंख्या १३०० रहेको छ । वडा नं. ३ मा कुल जनसंख्या ३४९० रहेकोमा पुरुषको जनसंख्या १६६१ र महिलाको जनसंख्या १८२९ रहेको छ । वडा नं. ४ मा कुल जनसंख्या १९९० रहेकोमा पुरुषको जनसंख्या ९५६ र महिलाको जनसंख्या १०३४ रहेको छ । वडा नं ५ मा कुल जनसंख्या २२६४ रहेकोमा पुरुषको जनसंख्या १०६१ र महिलाको जनसंख्या १२०३ रहको छ । त्यसै गरी वडा नं. ६ को कुल जनसंख्या २८०० रहेकोमा पुरुषको जनसंख्या १२९६ र महिलाको जनसंख्या १५०४ रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य स्रोतहरुमा व्यापार, नोकरी, उद्योग साथै वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम क्रमशः बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु रहेका छन् भने उच्च शिक्षा विकासको पहल भैरहेको छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ६ वटा माध्यामिक तहका विद्यालय र २९ वटा आधारभूत तहका विद्यालय गरी जम्मा ३५ वटा शिक्षण संस्थाहरु संचालित छन् । विगत लामो
समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाव, योजनावद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । तथापि विगत २ वर्ष पहिले भएको स्थानीय तहको निर्वाचन पश्चात् जनप्रतिनिधिहरुके बहाली भए सगंै विकास तथा सेवा प्रवाहमा जन अपेक्षाहरु सम्वोधन हुने र नागरिकका माग र आवश्यकताहरुको तत्काल सम्वोधन हुने सम्भावना बढेर गएको छ भने जनताका आशाका किरणहरु फैँलिदै गएका छन । विकासको लहर बढेर गएको छ । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस गाउँपालिकामा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, गौरा, कृष्णजन्माष्टमी, महाशिवरात्री, साउने र माघे संक्रान्ति, चैते दशै, बकर इद, बुद्ध जयन्ती आदि यहाँका चाडपर्व आफ्नो धर्म अनुसार मनाउने गरेको पाईन्छ ।

Pages

जन प्रतिनिधि

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. बालबालिकाकाे बाबु र अामा काे नागरिकताकाे प्रमाण पत्र वा साे काे प्रतिलिपी । ३. अस्पतालमा जन्म भएकाे भए अस्पतालकाे जन्म प्रमाणित प्रतिलिपी र अन्य जिल्ला वा गाउँपालिका वा नगरपालिका बाट बसाइ सरी अाएकाे हकमा बसाइ सराइ प्रमाण पत्र । ४. विवाह दर्ताकाे प्रमाण पत्र काे प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. मृतककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. निवेदककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ४. अस्पतालमा मृत्यु भएकाे भए अस्पतालकाे मृत्यु प्रमाण पत्र प्रतिलिपी । ५. अविहाहीत मृतककाे हकमा स्थानीय सर्जमिन पत्र । ६. सुचककाे नागरिकता नभए स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. अन्य जिल्ला, नगरपालिका तथा गाउँपालिका बाट बसाई सराई गरी अाएकाे भए बसाई सराई काे सक्कल प्रमाण पत्र । ४. घरमुलीकाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. दुलाह र दुलही दुवैकाे नागरिकताकाे प्रतिलिपी, दुलहीले नागरिकता नलिएकाे हकमा निजकाे बुवा वा दाजुभाई काे प्रमाणपत्रकाे प्रतिलिपी । ३. दुलाह र दुलही अनिवार्य उपस्थिती हुनुपर्ने । ४. अन्य जिल्ला वा स्थानिय तहबाट बसाई सरी अाएकाे हकमा बसाई सराई दर्ता प्रमाणपत्रकाे प्रतिलिपी । ५. दुलाह र दुलही दुवैकाे पासपाेर्ट साइजकाे रङ्गिन फाेटाे १/१ प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. पति/पत्नीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. अदालत बाट सम्वन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी । ४. पतिकाे ठेगाना सम्वन्धित वडाकाे हुनुपर्ने ।

सेवा प्रकारः-
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- गाउँसभाले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

१. व्यवसाय दर्ताकाे लागी विस्तृत विवरण खुलेकाे निवेदन १ थान २. निवेदककाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. भाडाकाे जग्गामा भएमा भाडा सम्झाेताकाे प्रतिलिपी ४. अाफ्नै जग्गामा भएमा जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ६. चालु अा.व. सम्मकाे मालपाेत कर र घर जग्गा कर वा एकीकृत सम्पती कर तिरेकाे रसिद ७. निवेदककाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति ।

जानकारी